
१५ भदौ, गोरखा । सिरानचोक गाउँपालिकाको सिम्लेबाट खहरेतर्फ लगिएको अवैध सालको काठ डिभिजन वन कर्यालयले बरामद गरेको छ ।
नयाँ साघु प्रहरी चौकीको सहयोगमा १२ थान काठको गोलिया (२७.९५ क्यू फिट) बरामद गरिएको कार्यालयका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए । काठ ओसार पसारमा प्रयोग गरिएको लु ३ त ६८५२ नम्बरको ट्याक्टर र चालक सिरानचोक गाउँपालिका–७ का सुनील नेपालीलाई पनि नियन्त्रणमा लिइएको उनले बताए ।
नेपालीलाई प्रहरी हिरासतमा राखेर कार्यालयबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए । सिरानचोक गाउँपालिका–७ को राष्ट्रिय वनबाट उक्त काठ ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पौडेलको भनाइ छ ।
‘पछिल्लो समय काठ चोरी निकासीका दुईवटा केश हामीले अहिले अनुसन्धान गरिरहेका छौ,’ उनले भने, ‘लक डाउनको मौका छोपेर काठ चोरी निकासी बढ्न थालेपछि हामीले वन गस्ती र निगरानीलाई बढाएका छौं ।’
प्रतिक्रिया 4