+
+
Shares

इस्बोस्ड नम्बर प्लेटसम्बन्धी सर्वोच्चको निर्णय सच्याउन माग

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १५ गते १७:१६

१५ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका विद्यार्थीहरूले इम्बोस्ड नम्बर प्लेट सम्बन्धी सर्वोच्च अदालतको निर्णय सच्याउन माग गरेका छन् ।

सवारी साधनमा देवनागरीको सट्टा अंग्रेजीमा नम्बर प्लेट लेखेको विषयमा दर्ता रिट खारेज गने सर्वोच्चको पुरानो निर्णयको विद्यार्थीहरूले विरोध गरेका हुन् ।

दर्शनाचार्य तहमा अध्ययरत ३६ विद्यार्थीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियता र देशको अस्मितासँग गाँसिएको यस्तो महत्वपूर्ण विषयलाई जगेर्ना गर्नुपर्ने निकायबाटै चालिएको गैरजिम्मेवारपूर्ण कदम निन्दनीय छ ।’

२०७६ मंसिरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरत बस्नेत र राजन बुर्लाकोटीले दर्ता गरेको रिट खारेज गर्ने निर्णय गरेको थियो ।

विद्यार्थीहरूले भने इम्बोस्ड नम्बरमा अंग्रेजीको सट्टा देवानागरीमा लेख्न माग गरेका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘अदालतको निर्णय असंवैधानिक र राष्ट्रघाती प्रकृतिको भएकाले यसलाई तत्काल सच्याउन माग गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?