+
+
Shares

ल्हासामा ढकाल, हङकङमा राना बने महावाणिज्यदूत

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १५ गते १८:४९
उदय राना मगर (बायाँ) र नवराज ढकाल ।

१५ भदौ, काठमाडौं । सरकारले चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतमा नवराज ढकाल र हङकङको महावाणिज्यदूतमा उदयबहादुर रानामगरलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले उनीहरुलाई महावाणिज्यदूतमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । प्रशासन सेवाका यी दुबै सहसचिवलाई सरकारले अघिल्लो हप्ता परराष्ट्र मन्त्रालयमा सरुवा गरेको थियो ।

मन्त्रिपरिषद बैठकले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग जेनेभाको लागि नेपाल परराष्ट्र सेवाका एक जना सहसचिव, एक जना उपसचिवको अस्थायी दरबन्दी नवीकरण गर्ने निर्णय पनि गरेको छ ।

संयुक्त राष्ट्र संघको ७५ औं महासभामा भर्चुअल माध्यमबाट सहभागी हुन सरकारले प्रधनमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित १० जनाको प्रतिनिधिमण्डल गठन गरेको छ ।

त्यस्तै महासभा अन्तर्गतको उच्चस्तरीय सप्ताहका बैठकहरुमा भर्चुअल माध्यमबाट प्रधानमन्त्रीको नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलले काठमाडौंबाट र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि र स्थायी नियोगका कुटनीति कर्मचारीले प्रतिनिधित्व गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?