
निर्देशक छेतन गुरुङको अन्त्येष्टी गरिएको छ । उनको आज बिहान स्वयम्भुस्थित मनाङ समाज हिमाली गुम्बामा बौद्ध परम्परा अनुसार अत्येष्टी गरिएको हो ।
उनको वुधबार बिहान २ बजे उपचारका क्रममा निधन भएको थियो । कलेजोमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
निर्देशक गुरुङलाई श्रद्धाञ्जली दिनका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नायक आर्यन सिग्देल, प्रदिप खड्का, सलोन बस्नेत, नायिका झरना थापा, निर्देशक दिनेश राउत, निर्माता सन्तोष सेन, नायिका कृष्टिना गुरुङ, निर्माता सुनिल कुमार थापा लगायत पुगेका थिए ।
निर्देशक गुरुङले निर्देशन गरेको पछिल्लो चलचित्र ‘प्रेमगीत ३’ हो । उनले चलचित्र ‘हुतुतु’ निर्देशन गर्ने तयारी समेत गरेका थिए । चलचित्र ‘नोभेम्बर रेन’बाट उनले चलचित्रको स्क्रिप्ट लेखन सुरु गरेका थिए ।
तस्वीर सौजन्यः विवेक बस्याल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4