+
+
Shares

सिराहाकी ३५ वर्षीया महिलाको कोरोना संक्रमणले मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते १२:१६

२९ भदौ, जनकपुरधाम । सिराहाका एकजना कोरोना संक्रमित महिलाको जनकपुरधाममा मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको कर्जन्हा नगरपालिका वडानम्बर २ बन्दीपुर निवासी ३५ वर्षीया महिला रहेकी छन् ।

ज्वरोसँगै साँस फेर्न कठिनाई भएकी महिलालाई चार दिनअघि जनकपुरधामस्थित काव्य हस्पिटलमा भर्ना गरिएको थियो । भर्ना गरेकै समयमा स्वाब संकलन गर्दा आइतबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारै प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनलाई आईसीयुमा राखेर उपचार गरिरहेकै समयमा आइतबार साँझ उनको मृत्यु भएको धनुषाका कोभिड-१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।

डा. सिंहका अनुसार ती महिलामा निमोनिया देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?