+
+
Shares

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते २०:१०

२९ भदौ, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नंं. ५ कि ६४ वर्षकी महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

सोमबार नै अस्पताल आएकी उनको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

संक्रमित महिलामा ज्वरो र श्वास प्रश्वासको समस्या रहेको डा. गौतमले बताए । योसंगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?