
१ असोज, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप एक पुरुषको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा विराटनगर– १० निल सदनका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बिहीबार बेलुका करिब सवा ५ बजे मृत्यु भएका उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले बताए । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि वृद्धलाई ३० भदौमा अस्पताल भर्ना गरिएको थियो । मृतक पुरुषमा मृगौलासम्बन्धी समस्या रहेको थियो । सप्तरी स्थायी ठेगाना भएका मृतक पुरुष दुई वर्षयता विराटनगर बस्दै आएका थिए ।
बुधबार राति कोशी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा विराटनगर महानगरपालिका–६ का ६६ वर्षीय वृद्धको मृत्यु भएको थियो । उनको पनि मृत्युपछि बिहीबार बिहान कोरोना रिपोर्ट पोजेटिभ रिपोर्ट आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4