+
+
Shares

कैलालीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १६:४१

१२ असोज, कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनी असोज ७ गते अस्पतालमा भर्ना भएकी थिइन् । दमको रोगी समेत रहेकी उनमा असोज १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?