+
+
Shares

बाघको आक्रमणबाट रौतहटमा २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १४ गते १२:२०

१४ असोज, रौतहट । रौतहटको चन्द्रपुरमा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन्  । चन्द्रपुर नगरपालिकामा रहेको रंगपुर साझेदारी वन क्षेत्रमा बाघले आक्रमण गर्दा वडा नं. ६ का ३० वर्षीय अशोक थापा र ३४ वर्षीय प्रविण श्रेष्ठ घाइते भएका हुन् ।

घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए ।

सोही वडाका २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जंगल गएको र अबेरसम्म फर्केर नआएपछि भण्डारीलाई खोज्न मंगलबार साझ ७ बजेको समयमा जंगल गएका गाउँलेहरुलाई बाघले आक्रमण गरेको हो ।

वन क्षेत्रमा घाँस लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानै बाट नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको डीएसपी शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?