
१४ असोज, काठमाडौं । कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार काठमाडौं र रुपन्देहीका तीन-तीन जना, सुनसरीका दुई, मोरङ, सप्तरी, कपिलवस्तु र बाँकेका एक-एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ ।
बुधबार नियमित प्रेस बि्रफिङका क्रममा स्वास्थ्य मन्त्रालयले मृतकको संख्या ४९८ भनेको छ । यसमा रुपन्देहीका दुई, कपिलवस्तु, सुनसरी र बाँकेका एक-एक जनाको तथ्यांक समावेश गर्न बाँकी छ । यो जोड्दा मृतकको संख्या ५०३ हुन्छ ।
- ढुंगेधारा, काठमाडौंकी ३४ वर्षीया महिलाको मंगलबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । असोज ४ गते कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या आएपछि १२ गते अस्पताल भर्ना भएकी थिइन् ।
- काठमाडौंका ५४ वर्षीय पुरुषको बुधबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । ६ असोजमा कोरोना ंसंक्रमण पुष्टि भएका उनी निमोनिया भएपछि बुधबार नै अस्पताल भर्ना भएका थिए ।
- महिपी, काठमाडौंकी ८६ वर्षीया महिलाको मंगलबार शुक्रराज ट्रपिकल अस्पतालमा मृत्यु भएको छ । भदौ २९ गते अस्पताल भर्ना भएकी उनी श्वासप्रश्वासको समस्याबाट पीडित थिइन् ।
- ओमसतिया गाउँपालिका-१, रुपन्देहीका ८५ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । ७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्य समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुग्दा मृत्यु भइसकेका उनको मुटु, मिर्गौला र फोक्सोको समस्या थियो ।
- बुटवल उपमहानगरपालिका-१०, रुपन्देहीका ७६ वर्षीय पुरुषको मंगलबार युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको छ । १२ असोजमा आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास गर्दा घाइते भएका उनको उपचारका क्रममा पीसीआर टेष्ट गर्दा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
- देवदह नगरपालिका -११, रुपन्देहीका ५५ वर्षीय पुरुषको बुधबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ११ असोजमा अस्पताल भर्ना भएका उनको मिर्गौलामा समस्यासमेत देखिएको थियो ।
- इटहरी उपमहानगरपालिका-५, सुनसरीका ७३ वर्षीय पुरुषको बुधबार कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको छ । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेका उनलाई बुधबार नै अस्पताल भर्ना गरिएको थियो ।
- हरिनगर गाउँपालिका-२,सुनसरीका ५० वर्षीय पुरुषको बुधबार नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि ९ असोजमा अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो ।
- जहदा गाउँपालिका-६, मोरङका ६० वर्षीय पुरुषको बुधबार कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको छ । असोज ४ गते अस्पताल भर्ना भएका उनलाई श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो ।
- राजविराज नगरपालिका-४, सप्तरीका ३९ वर्षीय पुरुषको बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । यसैगरी बीपी प्रतिष्ठानमा उनी मधुमेह, उच्च रक्तचाप र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।
- बुद्धभूमि नगरपालिका-१, कपिलवस्तुकी ५० वर्षीया महिलाको बुधबार भैरहवा मेडिकल कलेजमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि ५ असोजमा अस्पताल भर्ना भएकी उनी निमोनिया र मुटुका दीर्घरोगीसमेत थिइन् ।
- नेपालगञ्ज उपमहानगरपालिका-१, बाँकेकी ३५ वर्षीया महिलाको बुधबार भेरी अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएर २ असोजमा अस्पताल पुगेकी उनी मधुमेह, हाइपोथाइराडिजम र उच्च उक्तचापको बिरामी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4