+
+

रअका प्रमुख काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ५ गते १५:५६

५ कात्तिक, काठमाडौं । भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयल केही घन्टाको भ्रमणको लागि काठमाडौँ आएका छन् । उनी काठमाडौ आएको पुष्टि उच्च सुरक्षा स्रोतले गरेको छ ।

उनी के प्रयोजनका लागि भ्रमणका आएका हुन भन्ने यकिन भएको छैन् । नोभेम्बर पहिलो साता भारतिय सेना प्रमुख एमएम नरबाणेको भ्रमणको पूर्वसन्ध्यामा उनी नेपाल आएका हुन् ।

भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले केही बताएको छैन । उनको टोलीमा सात जना रहेको स्रोतले जानकारी दियो । सो टोली भोली दिल्ली फर्कने कार्यक्रम रहेको छ ।

नेपाल र भारतको विचमा अहिले हवाई उडान बन्द रहेको समयमा कूटनीतिक उडानको अनुमति लिएर रअ प्रमुखकको टोली नेपाल भ्रमणमा आएको हो । नेपालमा रहँदा उनले विभिन्न राजनीतिक दलका नेतासँग भेट गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?