
१५ कात्तिक, वीरगञ्ज । बाराका एक जना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । निजगढ नगरपालिका-९ का ६२ वर्षीय पुरूषको नेशनल मेडिकल कलेजको आइसोलेसन सेन्टरमा शनिबार बिहान मृत्यु भएको हो ।
उनको उपचारको क्रममा शनिबार पौने ६ बजे उनको निधन भएको अस्पतालका चिकित्सक डा. परवेज अन्सारीले जानकारी दिए । डाक्टर अन्सारीका अनुसार आईसोलेसन भर्ना गर्दा नै कोभिड निमोनियाका कारण उनको अवस्था गम्भीर थियो ।
उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि वीरगञ्ज ल्याएकोमा उनमा १३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन नेशनल मेडिकल कलेनको आइसोलेसन सेन्टरमा भर्ना गरिएको थियो ।
आइसोलेसनमा चार जना कोरोना संक्रमित उपचाररत छन् । चारै जनाको आर्इसीयूमा उपचार भइरहेको नेसनलका कोरोना फोकल पर्सन डा. असरफ हुसैनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4