
१५ कात्तिक, बुटवल । दाङका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
तुलसीपुर नगरपालिका- १८ का ७० वर्षीय पुरुषको शनिबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले बताए ।
कात्तिक १३ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको शनिबार बिहान मात्र पुष्टि भएको थियो ।
यसअघि दाङकै घोराही उपमहानगरपालिका-४ का ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमै शनिबार बिहान ५ बजे मृत्यु भएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
दाङमा ६५ जना कोरोना संक्रमित अस्पतालमा छन् भने ४७० जना होम आइसोलेसनमा छन् । दाङका कुल २१ सय २२ जना संक्रमितमध्ये १५ सय ७८ जना संक्रमणमुक्त भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4