
Photo Credit : फाइल तस्वीर
१५ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्मालाई भेन्टिलेटरमा सारिएको छ ।
पछिल्लो हप्तादेखि आईसीयूमा उपचारत विश्वकर्मालाई शनिबार भेन्टिलेटरमा लगिएको ग्राण्डी अस्पताल स्रोतले जानकारी दिएको छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ ।
५४ वषीर्य विश्वकर्माको १ कात्तिक कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको थियो ।
एक हप्तासम्म होम आइसोलेसनमा बसेका उनी ९ कात्तिकमा वीर अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि १२ कात्तिकमा उनलाई ग्राण्डी अस्पताल लगिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4