+
+
Shares

झापामा हत्या आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते १६:१०

१५ मंसिर, काठमाडौं । झापाको मेचीनगरमा आइतबार राति एक जनाको हत्या भएको छ । मेचीनगर नगरपालिका- ४ का ५० वर्षका पूर्णबहादुर प्रधानलाई एक समूहले कुटपिट गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय आमडाँगी मोडमा प्रधानले प्रेम भन्ने दोर्जी तामाङमाथि गरेको कुटपिटको विषयलाई लिएर तामाङसहितको समूहले प्रधानमाथि आक्रमण गरेको थियो । त्यसपछि प्रधानलाई उपचारका लागि आम्दा अस्पताल धूलाबारी पठाइएको र उपचारको क्रममा उनको आइतबार राति साढे ९ बजे मृत्यु भएको थियो ।

घटनामा संलग्नको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकडभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको टोलीले प्रेम भन्ने बेमा दोर्जी तामाङ, दिवस लुंगेली मगर र विशाल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?