
१५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९११ जनामा गरिएको परीक्षणमा १४७४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९३१ रहेको छ । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ ।
हाल मुलुकभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका छन् ।
कहाँ कति संक्रमित ?
पछिल्लो २४ घण्टामा काठमाडौंमा ६१५, ललितपुरमा १२५, मोरङमा ८२, भक्तपुरमा ६९, सुनसरीमा ५०, झापा र दाङमा ४९र४९, चितवनमा ३७, रुपन्देहीमा ३६, सिन्धुपाल्चोक र कास्कीमा २९/२९, ताप्लेजुङ, मकवानपुर र सुर्खेतमा २४/२४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गोरखामा १६, धनुषामा १४, सप्तरी, नवलपरासी पूर्व र स्याङ्जामा १२/१२, उदयपुर, धादिङ, सिन्धुपाल्चोक र म्याग्दीमा १०/१०, बाँकेमा ८, सिराहा र पाल्पामा ७/७, नुवाकोटमा ६ र इलाम, नवलपरासी, दैलेख, सल्यान र बाजुरामा ५/५ जना संक्रमित भेटिएका छन् ।
धनकुटा, संखुवासभा, सोलुखुम्बु, सर्लाही, रामेछाप, कपिलवस्तु, प्युठान, जाजरकोट र अछाममा ४/४, बारा, रौतहट, लमजुङ, गुल्मी र जुम्लामा ३/३, पाँचथर, दोलखा, तनहुँ, अर्घाखाँची र डडेल्धुरामा २/२ र तेह्रथुम, भोजपुर, महोत्तरी, सिन्धुली, पर्वत, मुस्ताङ, बागलुङ, बर्दिया, रोल्पा, रुकुम पश्चिम, कञ्चनपुर र डोटीमा १/१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
प्रतिक्रिया 4