+
+
Shares

साथीको हत्यापछि अपहरणको नाटक, युवक पक्राउ

हरि अधिकारी हरि अधिकारी
२०७७ मंसिर १५ गते १६:४५

१५ मंसिर, विराटनगर । सुनसरीको दुहबी नगरपालिका–२ का सुजननारायण चौधरीको हत्या आरोपमा उनकै साथी पक्राउ परेका छन् ।

बुधबारयता सम्पर्कविहीन भएका १७ वर्षीय चौधरीको हत्या आरोपमा छिमेकी र साथी २० वर्षीय सुमन झा पक्राउ परेका हुन् ।

सोमबार बिहान सुजनको शव दुहबी– २ मा शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार पक्राउ परेका युवकले हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । हत्याको कारण भने ठूलो नरहेको उनले बताए ।

‘लगाएको कपडाको विषयलाई लिएर होच्याएपछि हत्या गरेको आरोपीले स्वीकार गरिसकेका छन्’ उनले भने ‘घटनालाई डाइभर्ट गर्न अपहरणको आसयसहितको म्यासेज पठाएको देखिन्छ ।’

सुजन सम्पर्कविहीन भएकै दिन हत्या भएको देखिएको प्रहरी उपरीक्षक थापाले बताए । उनका अनुसार बेलुका घरबाट निस्किएका सुजनलाई आमाले करिब ७ बजे खाना खान बोलाउन फोन गर्दा नजिकै छु, आउछु भन्ने जवाफ फर्काएको देखिन्छ । तर नआएपछि करिब ८ बजे पुनः फोन गर्दा भने फोन सुमनले उठाएर सुजन आफ्नो कब्जामा रहेको जवाफ दिएर मोबाइल अफ गर्छन् ।

‘घटना ७–८ बजे बीचमा भएको देखिन्छ’ थापा भन्छन् ‘हत्या भइसकेपछि फोन आउँदा आफ्नो कब्जामा छ भन्दै फोन काट्छन् ।’

प्रहरीका अनुसार हत्यापछि शव झाडीमा लुकाएर सुमन घर गएका थिए । मृतकको मोबाइल पनि आफूसँगै लगेका उनले भोलिपल्ट बिहान शवलाई लुकाएर मृतकको आमालाई अपहरणको आशयसहितको म्यासेज पठाएका थिए । ‘घटनालाई डाइभर्ट गर्न म्यासेज पठाएको देखिन्छ’ थापाले भने ‘त्यसपछि मोबाइल अफ देखिन्छ ।’

बुधबारदेखि सुजन बेपत्ता भएपछि बिहीबार बिहान उनका बुबाले इलाका प्रहरी कार्यालय दुहबीमा खोजीका लागि निवेदन दिएका थिए । लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले मोबाइल नेटवर्कको आधारमा सुमनसहित शंकास्पद व्यक्तिलाई पक्राउ गरेको थियो ।

आइतबार पक्राउ परेका सुमनले आफ्नो संलग्नता स्वीकार गरेपछि अरुलाई छाडिएको उनले बताए । उनका अनुसार सुमन फ्याक्ट्रीमा काम गर्ने मजदुर हुन् । मृतक सुजन कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?