+
+
Shares

कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिन र नोटसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते १७:५४

१५ मंसिर, काठमाडौं । कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बम र शर्मालाई महेन्द्रनगरस्थित बजारमा फेला पारी खनतलासी लिँदा एक हजार दरको दुई वटा नक्कली नोट भेटिएको थियो ।

त्यसपछि डेरा कोठामा खानतलासी गर्ने क्रममा थप नक्कली नोट, फोटोकपी पेपर, नक्कली नोट बनाउने मेसिन, कैँची लगायतका सामग्री बरामद भएको क्षेत्रीले बताए ।

उनका अनुसार दुवै जनालाई मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ । दिपक चाहिँ नक्कली नोट लिएर अरुण शाहको पसलमा सामान किन्न जाँदा पक्राउ परेका हुन् । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?