+
+
Shares

वरिष्ठ अधिवक्ता श्रेष्ठ न्यायपरिषद सदस्यमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते १९:१७

१५ मंसिर, काठमाडौं । वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ न्यायपरिषदको सदस्यमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार परिषदको सदस्यमा नियुक्त गरेकी  हुन् ।

न्यायाधीश नियुक्ति र आचरणसम्बन्धी अनुगमन गरी कारबाही गर्ने निकाय न्यायपरिषदमा प्रधानन्यायाधीश अध्यक्ष रहन्छन् भने संघीय सरकारका कानुन, न्यायमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने वरिष्ठ अधिवक्ता र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानुनविद सदस्य रहने व्यवस्था छ ।

सुनसरीको धरान घर भएका श्रेष्ठ नेपाल बार एसोसिएसनको सिफारिसमा परिषद सदस्य बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?