
१५ मंसिर, कैलाली । कैलालीमा एक ९ वर्षकी बालिका बलात्कृत भएको घटना दुई महिनापछि सार्वजनिक भएको छ ।
मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय १९ वर्षीय जीवन शाहीलाई पक्राउ गरेको छ । असोज २५ गते साँझ आफ्नै घरमा बोलाई शाहीले बालिकालाई बलात्कार गरेको उनका परिवारले आरोप लगाएका छन् ।
बलात्कारको आरोपमा पक्राउ परेका शाहीविरुद्ध जबरजस्ती सम्बन्धी मुद्दा गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटना किन ढिलो सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4