+
+
Shares

ब्रोइलरको मासुको मूल्य : डेढ महिनामा ११५ रुपैयाँ वृद्वि

नवीन ढुंगाना  नवीन ढुंगाना 
२०७७ मंसिर १५ गते १९:३०

१५ मंसिर, काठमाडौं । खुद्रा व्यवसायीहरुले ब्रोइलर कुखुराको मासुको भाउ डेढ महिनामा एकलौटी रुपमा ११५ रुपैयाँ बढाएका छन् ।

पछिल्लो दुई सातामा मासुको खुद्रा मूल्य प्रतिकिलो ४० रुपैयाँले बढेको गुनासो उपभोक्ताले गरेका छन् । असोज २५ गते काठमाडौं उपत्यकामा तयारी मासुको खुद्रा मूल्य २०५ रुपैयाँ रहेकोमा मंसिर दोस्रो साता ३२० रुपैयाँ पुगेको छ ।

कात्तिक अन्तिम साता प्रतिकिलो रु. २८० मा बिक्री भएको मासुको भाउ सोमबार ३२० रुपैयाँ पुगेको छ । तोकिएको मूल्य भने २९० रुपैयाँ मात्र भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको भनाइ छ । संघका प्रथम उपाध्यक्ष श्रय ढकालका अनुसार, जिउँदो कुखुरको बजार मूल्य प्रतिकेजि २१० र तयार मासुको २९० रुपैयाँ मात्र हो ।

किन बढ्यो मासुको मूल्य

बजारमा ठूलो खपत नरहेपनि उत्पादनमा आएको ह्रासका कारण मासुको मूल्य बढेको संघ बताउँछ । होटल, रेष्टुरेण्ट, पार्टी प्यालेस, होस्टल जस्ता व्यवसाय कोरोनाले ठप्प बन्दा कुखुरा किसान पेशाबाट बिस्थापित हुँदाको असर बजारमा देखिएको संघका प्रथम उपाध्यक्ष ढकाल बताउँछन् ।

‘अघिल्लो महिना उत्पादनको तुलनामा खपत न्युन भयो’, उनी भन्छन्, ‘मासु बिक्री नभएपछि किसानले कुखरा पालेनन् अनि बजारमा अभाव भयो ।’

असोजमा उपत्यकामा मासुको मूल्य तीन वर्ष यताकै कम हुनुको असर अहिले परेको उनले बताए । संघले तोकेको मूल्य २९० भएपनि खुद्रा कारोबार रकम भने निकै भएको ढकालको भनाइ छ ।

खुद्रा पसलमा भएको महँगो कारोबारको जवाफदेही संघ नहुने उनको भनाई छ । सामान्य अवस्थामा उपत्यकामा दैनिक तीन लाख किलो कुखुराको मासु खपत हुन्छ । कोरोनाले निम्त्याएको अहिलेको मन्दीमा ३० प्रतिशत मात्र खपत रहेको संघ बताउँछ ।

बजार चक्र बिग्रीनासाथ व्यापारीको मनोमानी

सामान्यतय किसानले पालेको कुखुरा ४५ दिनमा बजार पठाउनका तयार हुन्छ । मासु खपत बढ्ने असोज अन्तिम साता काठमाडौंमा प्रतिकिलो मूल्य २०० हाराहारीमा झरेपछि किसानले नयाँ उत्पादन नगरेको व्यवसायीहरु बताउँछन् ।

‘लागत नै नउठ्नेगरी मूल्य घटेपछि किसानले कुखुराको साटो गाई पाले’, संघका प्रथम उपाध्यक्ष ढकाल भन्छन्, ‘किसान, उत्पादन र बजार चक्रमा फेरबदल आउँदा अहिले प्रतिकिलो भाउ आकासियो ।’

अर्थात्, बजार चक्र बिग्रीनासाथ व्यापारीको मनोमानी सुरु भइहाल्यो । मूल्य अस्वभाविक रुपमा बढे पनि सरकारी निकायबाट प्रभावकारी अनुगमन भएको छैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरु मूल्य अचाक्ली बढेको जानकारीमा आएको र अब अनुगमन तीब्र पार्ने बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?