+
+
Shares

विप्लव समूहले मोरङमा शिक्षक हत्याको जिम्मेवारी लियो

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २३ गते १०:४८

२३ मंसिर, काठमाडौं । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले लिएको छ । मंगलबार साँझ मेची–कोशी ब्युरोका इञ्चार्ज प्रतापको नामबाट विज्ञप्ति जारी गर्दै समूहले घटनाको जिम्मेवारी लिएको हो ।

विज्ञप्तिमा समूहविरुद्ध सुराकी गरेकाले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको दाबी गरिएको छ । पटकपटक पार्टी विरोधी गतिविधि गर्न रोक्न र आफूलाई सच्याउन भनी सम्झाउँदा पनि उनले उग्र गतिविधि गरेको समूहको दाबी छ ।

मंगलबार बिहान ७ बजे घरबाट करिब ३ सय मिटर पर जंगलमा लगेर श्रेष्ठलाई बाँधेर घाँटी रेटी हत्या गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?