+
+
Shares

प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन : नेता रावल

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते १९:०९

१२ पुस, कैलाली । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भीम रावलले प्रधानमन्त्रीले आफ्नो अधिकार भन्दा बाहिर गएर प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन् ।

आइतबार धनगढीमा नेकपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता रावलले संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिइएको बताए ।

‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिन हुन्न भन्ने राजनैतिक बैठकहरूमा सहमति भएर हामीले प्रधानमन्त्रीलाई अधिकार नदिने गरी व्यवस्था गरेका हौँ’ उनले भने ‘अहिले प्रधानमन्त्रीले अधिकार भन्दा बाहिर गएर प्रतिनिधि सभा विघटन गरे ।’

वर्तमान सरकार काम चलाऊ भइसकेको भन्दै नेता रावलले वर्तमान सरकारलाई मन्त्री नियुक्त गर्ने अधिकार समेत नरहेको बताए ।

उनले बहुमत केन्द्रीय सदस्य आफूहरू तर्फ रहको बताउँदै निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि आफूहरूको पक्षमा निर्णय गर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?