+
+
Shares

नेप्से परिसूचक ५.५७ अंकले बढ्यो, अधिकांश समूह भने राताम्मे

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १५:३८

१४ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा कारोबार हुने अधिकांश समूह घटेर राताम्मे देखिएको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बढेर २ हजार १२ दशमलव ८९ अंकमा पुगेको छ ।

समग्रमा बजार बढे पनि धेरै जसो कम्पनीहरुको भने सेयर मूल्इ घटेको छ । उत्पादमूलक, लघुवित्त, निर्जिवन बिमा समूह र अन्य समूहमा रहेका कम्पनीहरु उकालो लागेका छन् भने नेप्सेमा रहेका बाँकी सबै सव–इन्डेक्स घटेर राताम्मे देखिएको छ ।

बैंकिङ ९.७० अंकले ओरालो लागेको छ भने विकास बैंक १८.९५ अंकले ओरालो लागेको छ । यसैगरी व्यापार ३.२२, होटल ४.५४, जलविद्युत १८.७२ र फाइनान्स २.१५ अंकले घटेको छ ।

कारोबार रकम ४ अर्बमा सिमित भएको छ । दिनभर भएका २०९ कम्पनीका ३७ हजार ९१६ कारोबारबाट ८० लाख १ हजार ३१४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८०३ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?