+
+
Shares

पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १९ गते १४:१८

१९ पुस, काठमाडौं । पश्चिमी वायुमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावका कारण आइतबार देशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारदेखि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका थोरै भूभागहरूमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।

आइतबार रातिदेखि पुष २१ गतेसम्म बागमती प्रदेश, प्रदेश १ र प्रदेश २ का धरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात र पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

आंशिकदेखि सामान्य बदलीका कारण वर्षा र हिमपात हुन जाँदा अधिकतम र न्युनतम तापक्रममा केही गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार २२ पुसदेखि भने यो प्रणाली कमजोर हुँदै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?