+
+
Shares

‘माकुरी’को अडियो कमजोर, भिडियो बलियो

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ५ गते १४:०४

विधान कार्कीको निर्देशनमा तयार भएको ‘माकुरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा माधव शर्मा एसोसियट डिरेक्टरको रुपमा छन् भने सुरेन्द्र बसेलले भिडियोको कोरियोग्राफी गरेका हुन् । भिडियोमा विकास धमलाको सम्पादन, हरि हुमागाँइको छायांकन छ ।

यो गीतमा समिर आचार्य र रोशनी थापाको स्वर छ । गीतमा मिस्टर आरजेको र्याप सुन्न सकिन्छ । । गीतको भिडियोमा हरिष निरौला, जिवेश गुरुङ, एलिस राई, उषा उप्रेती, स्मारिका र सामारिका ढकालको अभिनय छ ।

यो गीतको भिडियो आकर्षक छ । निर्देशकले भिडियोलाई कलरफूल बनाएका छन् । कलाकारको अभिनय अब्बल मान्न सकिन्छ । हरि हुमागाँइको छायांकनले भिडियोलाई अझै बलियो बनाएको छ । तर, यो गीतको अडियो भने अपेक्षित छैन । अडियो कमजोर हुँदा दर्शकले यो गीतलाई लामो समयसम्म मन पराउने अपेक्षा गर्न सकिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?