+
+
Shares

ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय लिएर बालुवाटार पुगे प्रचण्ड–माधव समूहका नेताहरु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ५ गते १६:२६

५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका छन् ।

संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

त्यही निर्णयको पत्र लिएर नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव बालुवाटार पुगेका हुन् । पत्र बालुवाटारमा बुझाएर फर्किएको एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?