+
+
Shares

‘डिसेम्बर फल्स’मा आर्यन र उपासनाको यस्तो लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते १५:२२

माघको पहिलो साताबाट छायांकनमा गएको चलचित्र ‘डिसेम्बर फल्स’को केही तस्वीरहरु सार्वजनिक गरिएको छ । निर्माणपक्षले सार्वजनिक गरेको तस्वीरमा चलचित्रका मुख्य नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीका केही रोमान्टिक पलहरु देख्न सकिन्छ ।

प्रविण झाको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा महेश आर गुप्ताको छायांकन छ । रामप्रसाद रिजालको प्रस्तुतिमा तयार भैरहेको चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल हुन् भने राजकुमार भट्ट यसका निर्माता हुन् । चलचित्रको पोखराको छायांकन केही दिनमै सकिने र काठमाण्डौमा दुई साता छायांकन हुने निर्माणपक्षले बताएको छ ।

यो चलचित्रमा सलोन बस्नेत, सुमन थापा, दयाराम दाहाल, नरेश भट्टराइको मुख्य भूमिका छ । वीपी खनालको कथा रहेको चलचित्रमा केदार भुषालको पटकथा तथा संवाद छ । यो चलचित्रलाई आउँदो बर्षको साउन १ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

यो चलचित्रले उमेर अन्तर भएका यूवा–यूवतीको कथा भन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?