+
+
Shares

सपना रोका मगरलाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते १७:५१

४ फागुन, काठमाडौं । बेवारिसे शव जलाउने काम गर्दै आएकी सपना रोका मगरलाई अभद्र व्यवहार गरेको अभियोगमा विनयजङ्ग बस्नेत पक्राउ परेका छन् ।

बीबीसीकोले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।

त्यही जाहेरीका आधारमा प्रहरीले मंगलबार काठमाडौंको गोंगबुस्तिच बसपार्कबाट पक्राउ गरेको महानगरीय प्रहरी परिस, काठमाडौंका प्रमुख (एसएसपी) अशोक सिंहले जानकारी दिए । प्रहरीले उनको साथबाट बरामद भएको मोबाइल प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ ।

बस्नेतले केही युट्युब च्यालनमा अन्तर्वार्ता दिँदै ‘मेरो मोबाइलमा सपनामा नग्न तस्वीरअहरू छन्, सार्वजनिक गरिदिउँ’ भनेका थिए ।

बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए र, काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्थे ।

तर सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुबीच फाटो आएको थियो । सपनाले अहिले आफ्न अगुवाइमा छुट्टै संस्था समेत दर्ता गरेकी छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?