+
+
Shares

केपी समूहको वीरेन्द्रनगरको आमसभा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १२ गते १३:३५

१२ फागुन, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले सुर्खेतमा आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ । वीरेन्द्रनगरमा यही फागुन १४ गते हुन लागेको प्रदेशस्तरीय कार्यक्रम स्थगित भएको प्रदेश सांसद तथा केपी समूहका नेता गुलाबजङ्ग शाहले जानकारी दिए ।

यसअघि विभिन्न सहरमा शक्ति प्रदर्शन गर्दै आएको केपी समूहले संसद पुनःस्थापना भएपछि वीरेन्द्रनगरमा १४ गते आयोजना गर्न लागेको सभा स्थगित गरेको हो । ‘हिजोसम्म राजनीति एजेण्डा एउटा थियो आज बदलिएको छ,’ ओली समूहका नेता गुलावजङ्ग शाहले भने, ‘हिजो जनताको माझ जाने कुरा थियो । संसद पुनर्स्थापना भयो । अब एजेण्डा नै परिवर्तन भएकोले कार्यक्रम स्थगित गरेका छौं ।’

केपी समूहले कर्णाली प्रदेश स्तरीय कार्यक्रम सामाजिक विकास मन्त्रालय अगाडिको चौरमा आयोजना गर्न लागेको थियो । उक्त स्थानमा मञ्च बनाउनका लागि तयारीसमेत थालिएको थियो ।

कार्यक्रमलाई केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?