+
+
Shares

विभिन्न स्थानमा भएका दुर्घटनामा तीनको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १२ गते १४:२४

१२ फागुन, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित कोशी राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
मंगलबार साँझ ना ७ ख ८४८९ नम्बरको ट्रकले को ३६ प ३८५७ नम्बरको मोटरसाइकललाई मोटरसाइकलको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोस्थित सडकमा एचआर ३८ भी २०२१ नम्बरको भारतीय डिब्बा ट्रकमा ग १२ प २८४४ नम्बरको मोटरसाइकल मंगलबार राति ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इच्छाकामना गाउँपालिका–६ का ३२ वर्षीय अमिर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ जितगणितस्थित सडकमा लु १ च ९०५० नम्बरको बलेरो गाडीले लु ४६ प ८१७६ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने गुल्मी रुरु गाउँपालिका–७ बम्घाका ५६ वर्षीय बाबुराम पन्थी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?