+
+
Shares

‘जोन्सन एण्ड जोन्सनको कोरोना खोप सुरक्षित र प्रभावकारी’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते १२:४७

१३ फागुन, काठमाडौं । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) का विशेषज्ञहरुले जोन्सन एण्ड जोन्सनले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सुरक्षित र प्रभावकारी देखिएको बताएका छन् । एफडीएले बुधबार प्रकाशित गरेको विवरणअनुसार विशेषज्ञहरुको समूहले यो खोपलाई अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेको हो ।

जोन्सन एण्ड जोन्सन कम्पनीले आफूले विकास गरेको खोप लक्षण नदेखिइकन हुने संक्रमण नियन्त्रणको लागि पनि प्रभावकारी हुने बताएको छ । कम्पनीले आफ्नो खोप ८८ प्रतिशत प्रभावकारी देखिएको बताएको छ ।

यो खोप कोरोनाका नयाँ प्रकार (भेरियन्ट) नियन्त्रणका लागि भने ६६ प्रतिशत प्रभावकारी पाइएको थियो । मानव परीक्षणको क्रममा यो खोपको प्रभावकारिता फरक फरक मुलुकमा फरक फरक पाइएको थियो । यसअघि जोन्सन एण्ड जोन्सनले खोपको प्रभावकारिताबारे कुनै विवरण सार्वजनिक गरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?