+
+
Shares

उपहार पर्‍याे भन्दै ठगी गर्ने तीन पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते १३:०१

१३ फागुन, काठमाडौं । उपहार परेकाे भन्दै ठगी गरेको अभियोगमा काठमाडौंको याङरिमा हिलसिटीबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–७ घर भई काठमाडौंमा बस्दै आएका २६ वर्षीय दीपककुमार दुवे लगायत तीनजना छन् ।

विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमई मार्फत पैसा पठाउन लगाइ ठगी गरेको सूचनाको आधारमा बुधबार साँझ ५३ हजार नगदसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

अन्य दुई जनाको भने पहिचान नखुलेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?