+
+
Shares

कैलाली र रुपन्देहीमा भएका सवारी दुर्घटनामा दुईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते १८:३७
प्रतीकात्मक तस्वीर

१३ फागुन, काठमाडौं । कैलाली र रुपन्देहीमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–८ जग्दाहामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । से १ त ४३०३ नम्बरको ट्याक्टरबाट खसेर गोदावरी नगरपालिका–७ हरैयाका २४ वर्षीय गोविन्द चौधरीको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–८ मा ना १ क ८२५२ नम्बरको ट्यांकर र लु २२ प ५२६९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पाल्पा कचल गाउँपालिका–७ घर भई सैनामैना नगरपालिका–५ बस्दै आएका ३३ वर्षीय टोलकबहादुर पुन मगर रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु हो । ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?