+
+
Shares

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १०:२२

१४ फागुन, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ । स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ ।

पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे नर्भिक अस्पताल पुर्याइएको र करिब ४ बजेतिर टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

अस्पतालका न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र जमेको पानी निकाल्ने काम भइरहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?