
१४ फागुन, काठमाडौं । स्याङजाको पुतलीबजारबाट भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका–२ का ६९ वर्षीय डिलबहादुर गुरुङलाई एउटा एकनाले भरुवा बन्दुकसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उनको घरमा एकनाले भरुवा बन्दुक अवैध रुपमा लुकाइ राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले गुरुङलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4