
१४ फागुन, काठमाडौं । भारत र चीनका विदेशमन्त्री बीचमा बिहीबार फोनवार्ता भएको छ । भारतले शुक्रबार दिएको जानकारीअनुसार दुवै मुलुक सीमाक्षेत्रबाट आफ्ना सैनिक फिर्ता गर्न सहमत भएपछि पहिलोपटक दुई मुलुकबीच उच्चस्तरीय वार्ता भएको हो ।
गत साता दुवै मुलुकले सीमाक्षेत्रबाट आफ्ना सैनिक फिर्ता गरेका थिए । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच भएको फोनवार्तामा उनीहरु सीमाक्षेत्रको तनाव अझै कम गर्दै लैजान सहमत भएको थियो । साथै आगामी दिनमा सैन्य सम्पर्क बढाउन हटलाइन सेवा स्थापनाको लागि पनि सहमति जुटेको थियो ।
भारतीय समाचार संस्था एएनआईका अनुसार उनीहरुबीच ७५ मिनेट वार्ता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4