+
+
Shares

अनलाइन ठगी गर्ने दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १५:२०

१४ फागुन, काठमाडौं । चिठ्ठा परेको भन्दै रकम जम्मा गर्न लगाएर ठगी गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्ला घर भएका ४३ वर्षीय राकेश कुमार र पर्साको वीरगञ्ज महानगरपालिका–१० का ३२ वर्षीय रामपुकार प्रसाद यादव रहेका छन् । विभिन्न मितिमा इमो र ह्वाट्स एपमार्फत चिठ्ठा परेको भन्दै बैंक खाता र इसेवाबाट उनीहरुले १ लाख ८४ हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए ।

उनीहरुबाट पीडित ६ जनाले महानगरीय अपराध महाशाखा काठमाडौंमा दिएको उजुरीको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?