
१४ फागुन, काठमाडौं । नेपाल प्रहरीले ११ जना प्रहरी उपरीक्षक (एसपी) र १८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार गरेको सरुवा अनुसार गोरखा, बागलुङ, गुल्मी, महोत्तरी, बर्दियालगायतका जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
गोरखाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङ प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् भने गोरखामा शेखर खनाल सरुवा भएका छन् ।
त्यस्तै महोत्तरीमा दिनेशकुमार आचार्य, गुल्मीमा गोपालचन्द्र भट्टराई, बागलुङमा कृष्णबहादुर पल्लीमगर, बर्दियामा ईश्वर कार्की प्रहरी प्रमुखको रुपमा सरुवा भएका छन् ।
हेर्नुहोस् एसपी सरुवाको सूची
हेर्नुहोस् डीएसपी सरुवाको सूची
प्रतिक्रिया 4