+
+
Shares

विप्लव समूहका ३ जना कार्यकर्ता सप्तरीबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १५ गते १३:५४

१५ फागुन, सप्तरी । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना नेतालाई प्रहरीले शनिबार सप्तरीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी जिल्लाका जनसत्ता प्रमुख खडक नगरपालिका-३ बनरझुल्लाका आदर्श भनिने ५२ वर्षीय रामनाथ मण्डल, राजविराज नगरपालिका–४ का उदय भनिने उदयनाथ मण्डल र सप्तरीकै विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डल छन् ।

विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग्दै धम्की दिने गरेको सूचना प्राप्त भएपछि उनीहरुलाई जिल्लाको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट ४ थान मोवाइल, जनविद्राेह लेखिएको एउटा किताब, वीर मधेशी लेखिएको किताब, युवा संगठन नेपाल साधारण सदस्यता ठेली १ थान, अखिल नेपाल महिला संघ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगसम्बन्धी  पत्र र युवा संगठन नेपालको आर्थिक सहयोगसम्बन्धी पत्रसमेत सामग्री बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?