+
+
Shares

देशभर थप ८१ जनामा कोरोना संक्रमण, २ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १५ गते १७:५८

१५ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ८ सय २४ नमुना परीक्षण गर्दा ३५ महिला र ४६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । उनीहरुमध्ये शनिबार थप २ सहित २ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ६२ जना निको भएसँगै हालसम्म २ लाख ७० हजार ३२५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९६७ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म २१ लाख ६० हजार ४०४ नमुनाको पीसीआर परीक्षण भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?