+
+
Shares

ओली समूहले प्रमुख सचेतक परिवर्तन संसदलाई जानकारी गरायो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते १४:२७

१६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओली समूहले संसदीय दलको प्रमुख सचेतक परिवर्तनको निर्णय संसद सचिवालयलाई जानकारी गराएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद सचिवालयलाई पत्र लेखी प्रमुख सचेतक परिवर्तन भएको जानकारी गराएका हुन् ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले उक्त पत्र बुझेका छन् । साथै आइतबार नै सिंहदरबारमा भट्टराईको कार्यकक्ष तयार भएको छ ।

दलको प्रमुख सचेतक परिवर्तनको निर्णय जानकारीमा आएपछि तत्कालिन एमालेको संसदीय दल रहेको ठाउँमा भट्टराईलाई कार्यकक्ष तयार गरेर दिइएको संसद सचिवालयले जनाएको छ ।

गाडी र ऐन अनुसारको अन्य सुविधा समेत प्रदान गरिएको छ ।

गत शुक्रबार नेकपा ओली समूहका अध्यक्ष तथा संसदीय दलका नेता ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए । नेकपा प्रचण्ड–माधव समूहले भने नेकपा संसदीय दलको नेताबाट ओलीलाई हटाइसकेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?