+
+
Shares

कर्णाली सरकार सदन छलेर अध्यादेश ल्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते १५:२२

१६ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले सदन छलेर दुईवटा अध्यादेश ल्याउने  तयारी गरेको छ । फागुन ४ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दुईवटा अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुख गोविन्द कलौनीसमक्ष सफारिस गरिसकेको छ ।

गत असोज २५ गते सूचना टाँस गरेर प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गरिएको थियो । तर प्रदेश सभाको हिउँदे अधिवेशन सुरू हुन सकेको छैन ।

प्रदेश सरकारका प्रवक्ता एवम् भूमी व्यवस्था कृर्षी तथा सहकारी मन्त्री विमला केसीका अनुसार प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन (पहिलो संशोधन) र प्रदेश लोक सेवा आयोग (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्न सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?