+
+
Shares

पर्सामा डेंगु नियन्त्रणका लागि अभियान सञ्चालन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते १७:५२

१६ फागुन, वीरगञ्ज । पर्सामा डेंगु तथा अन्य किटजन्य रोग नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरिने भएको छ । वीरगञ्ज महानगरपालिका लगायत १४ वटै स्थानीय तहमा अभियान सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य कार्यालय पर्सामा आइतबार बसेको स्वास्थ्य कार्यालय प्रमुख, जनस्वास्थ्य निरीक्षक, पालिकाका स्वास्थ्य संयोजक, रेडक्रस सोसाइटी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुरक्षा निकायका प्रतिनिधि समेतको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

वीरगञ्जले सर्च एण्ड डिस्ट्रोय अभियानका लागि बजेट नै विनियोजन गरिसकेको छ भने अन्य पालिकाका स्वास्थ्य संयोजकहरुले बजेट नै नभएको गुनासो गरेका छन् । तरपनि आवश्यक बन्दोबस्ती गरेर डेंगु लगायत किटजन्य रोग नियन्त्रणका लागि कदम चाल्ने प्रतिबद्धता स्वास्थ्य संयोजकहरुले गरेका छन् ।

बैठकले डेंगु तथा किटजन्य रोगहरु विरुद्ध जनचेतनामुलक पोष्टर पम्पलेटहरु सार्वजनिक स्थानमा वितरण गर्ने, प्रत्येक पालिकामा जनचेतना अभिवृद्धि गर्न विद्यालयहरुमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय गरेको जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

कार्यक्रममा नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सञ्जय ठाकुरले कार्यपत्र प्रस्तुत गर्दै डेंगु रोग वर्षायाम सकिएपछि बढी देखिने गरेको जानकारी गराए । अव्यवस्थित सहरीकरणले गर्दा सहरी क्षेत्रमा केही वर्षयता डेंगुको प्रकोप देखिएको बताउँदै उनले डेंगु लागेका ९० प्रतिशतलाई लक्षण नदेखिने गरेको बताए ।

नेपालमा पहिलोपटक सन २००४ मा विदेशी नागरिकमा डेंगु देखा परेको थियो ।
पछिल्लो तथ्याङ्क हेर्दा प्रदेश नं १, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ मा यसको प्रकोप बढी देखिएको छ । आर्थिक वर्ष ०७६/७७ मा देशभर १ हजार ५ सय ३७ वटा केस भेटिँदा यी प्रदेशहरुमा क्रमशः ५ सय ६३, ५ सय ५९, ३ सय ३९ जनामा डेंगुको संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले किटजन्य रोगहरुले पटक पटक दुःख दिईरहेकोले बेलैमा सावधानी अपनाउनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?