+
+
Shares

पत्रकार महासंघको निर्वाचनमा ४ संगठनले सहकार्य गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते १९:०३

१६ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघको आउँदो महाधिवेशनका लागि चार पत्रकार संगठनले सहकार्य गर्ने भएका छन् ।

जनता समाजवादी पार्टी निकटको प्रेस नेपाल, नेकपा मसाल निकटको प्रगतिशील पत्रकार संघ नेपाल, नेकपा क्रान्तिकारी माओवादी निकटको क्रान्तिकारी पत्रकार महासंघ, विप्लव समूह निकटको जनपत्रकार संगठन नेपालले सहकार्य गर्ने विषयमा आइतबार सहमति गरेका छन् ।

उनीहरुले पत्रकार महासंघको सबै तहका संरचना वैचारिकलगायत विभिन्न जाति, भाषा, क्षेत्र र लैंगिक रुपमा साझा र समावेशी हुने गरी क्रियाशील संघ, संगठनको प्रतिनिधित्वको सुनिश्चितता माग गरेका छन् ।

चार संगठनले पत्रकार महासंघको निर्वाचनलाई सहमतीय प्रणालीबाट सम्पन्न गर्न, पत्रकारको पेशागत एवं भौतिक सुरक्षाका लागि सम्बन्धित निकायमा दबाब सिर्जना गर्ने र प्रेस स्वतन्ताविरोधी कानुन खारेजीको माग पनि गरेको छ ।

संयुक्त विज्ञप्तिमा प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष उदय जीएम, क्रान्तिकारी पत्रकार महासंघका कार्यबाहक अध्यक्ष नारायण पंगेनी, जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर विक र प्रेस नेपालका अध्यक्ष केशव अर्यालले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् ४ संगठनको संयुक्त विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?