+
+
Shares

न्यायाधीश थपलियालाई विद्यावारिधी उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते १८:३६

१६ फागुन, काठमाडौं । उच्च अदालत तुलसीपुर, वुटवल इजलासका न्यायधीश नवराज थपलियाले विद्यावारधी उपाधि पाएका छन् ।

उनको ‘ल एण्ड डेभलपमेन्ट इन पोष्ट कनफ्लिक्ट सिनारियो इन नेपाल’ विषयको शोधपत्रलाई त्रिभुवन विश्व विद्यालय, कानुन संकायका डिन प्रा.डा.विजयसिंह सिजापतिको अध्यक्षतामा मिति फागुन १४ गते बसेको अनुसन्धान समितिको वैठकले विद्यावारिधी (पीएचडी) उपाधि दिने निर्णय गरेको हो ।

कानुन र ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका ४३ वर्षीय थपलियालाई न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले २०७५ चैतमा उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए ।

हाल सर्वोच्च अदालतका न्यायाधीशमध्ये डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा, उच्च अदालत पाटनका मुख्य न्यायाधीश डा. कुमार चुडाल, उच्च अदालत राजविराजका न्यायाधीश रवि शर्मा अर्याल तथा जिल्ला न्यायाधीशहरु डा. राजेन्द्रकुमार आचार्य, डा. प्रकाश उपे्रती र डा. रमेशप्रसाद रिजालले विद्यावारिधी उपाधि पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?