+
+
Shares

१८ लाख ७८ हजार रुपैयाँसहित तीनजना हुण्डी कारोबारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते २०:०२

१६ फागुन, काठमाडौं । काठमाडौंको कुलेश्वरबाट प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न तीनजनालाई १८ लाख ७८ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-१३ घर भई हाल काठमाडौं-१४ कुलेश्वरस्थित कान्तिपुर कोलोनीमा बस्ने ३७ वर्षीय नवराज कार्की, नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका-१० बस्ने २४ वर्षीय सुमन थापा र भारतको बिहार राज्य बेतिया जिल्ला घर भई काठमाडौं-१४ कुलेश्वर बस्ने ५६ वर्षीय सत्यनारायण प्रसाद रहेका छन् ।

कुलेश्वर फलफूल बजारमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले हुण्डीको कारोबार गरीरहेको अवस्थामा उनीहरुलाई १८ लाख ७८ हजार रुपैयाँसहित आइतबार नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखेर उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?