+
+
Shares

मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते २०:३१
झापाको कमल खोला पुल उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन गरेका छन् । उनले मदनभण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि आइतबार नै शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले गृह जिल्ला झापा पुगेर कमल खोला पुल, मावाबेतिनी पुल र रतुवा खोलाका २ वटा पुल उद्घाटन गरेका हुन् ।

कमलखोला पुल २०७६ फागुन २३ मै निर्माण सकिएर सञ्चालनमा आएको एक वर्षपछि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । १७० मिटर लामो यो पुल १६ करोड रुपैयाँ लगातमा बनेको हो ।

मावाबेतिनी खोलाको २०० मिटर लामो पुल गत पुसमा निर्माण सकिएको हो । सेतोमाडीको रतुवा पुल ३०० मिटर लामो छ र यसको निर्माण प िनगत असोजमै सकिएको थियो ।

त्यस्तै मदनभण्डारी राजमार्गमा पर्ने २०० मिटर लामो चुलाचुली जोड्ने रतुवाखोलाकै पुल पनि प्रधानमन्त्रीले उद्घाटन गरेका छन् । यो पुल साढे १५ करोड रुपैयाँ लागतमा निर्माण भएको हो ।

प्रधानमन्त्रीले चुलाचुली गाउँपालिका जोड्ने गरी रतुवाखोलाबाट संयुक्त शिलान्यास गरेका ३१ वटा पुलहरु सबै मदनभण्डारी राजमार्गमा बन्नेछन् ।

करिब ६ अर्ब रुपैयाँ लागत रहेको यी पुलहरु निर्माणका लागि मदनभण्डारी राजमार्ग आयोजना निर्देशनालयले १३ वटा निर्माण कम्पनी छनोट गरेको छ । निर्देशनालयका प्रमुख उमेशविन्दु श्रेष्ठका अनुसार ‘डिजाइन एन्ड बिल्ट’ मोडलमा बनाउने गरी पुलको ठेक्का लगाइएको हो ।

करिब १३० किलोमिटर लामो यो सडकखण्डमा बन्ने धेरैजसो पुलहरुको अहिले निर्माण कम्पनीले नै डिजाइन गरिरहेका छन् । केही पुलको डिजाइन सडक विभागबाट स्वीकृत भएर काम थाल्ने तयारी भएको श्रेष्ठले बताए ।

सुनसरी र मोरङ तथा झापा र इलामको सीमानामा २/२ वटा, मोरङ र झापामा १२/१२ वटा र इलाममा ३ वटा पुल निर्माण हुनेछन् ।

शिलान्यास भएका पुलको विवरण हेर्नुहोस् 

१. डाले खोला पुल, धरान–केराबारी खण्ड, सुनसरी/मोरङ

२. मुगु खोला पुल, धरान–केराबारी खण्ड, सुनसरी/मोरङ

३. खदम खोला पुल, मोरङ

४. हचुवा खोला पुल, केराबारी–लेटाङ खण्ड, मोरङ

५. साउने खोला पुल, केराबारी–लेटाङ खण्ड, मोरङ

६. भलुवा खोला पुल, केराबारी–लेटाङ खण्ड, मोरङ

७. सानो नेते खोला पुल, केराबारी–लेटाङ खण्ड, मोरङ

८. तुर्के खोला पुल, केराबारी–लेटाङ खण्ड, मोरङ

९. मोरंगी खोला पुल, मोरङ

१०. सोल्टी–१ खोला पुल, लेटाङ–मधुमल्ला खण्ड, मोरङ

११. सोल्टी–२ खोला पुल, लेटाङ–मधुमल्ला खण्ड, मोरङ

१२. मिकिकु खोला पुल, लेटाङ–मधुमल्ला खण्ड, मोरङ

१३. नुसरी खोला पुल, मोरङ

१४. सुखानी सहादतस्थल पुल, सहादतस्थल–झातारे खण्ड, झापा

१५. बुढी सुखानी पुल, सहादतस्थल–झातारे खण्ड, झापा

१६. सुखानी खोला माई, सहादतस्थल–झातारे खण्ड, झापा

१७. टाइटिङ खोला पुल, सहादतस्थल–झातारे खण्ड, झापा

१८. गोयाङ खोला पुल, सहादतस्थल–झातारे खण्ड, झापा

१९. सानो नेते खोला पुल, झातारे– मेचीडाँगी खण्ड, झापा

२०. ठूलो नेते खोला पुल, झातारे– मेचीडाँगी खण्ड, झापा

२१. विरिङ खोला पुल, झातारे– मेचीडाँगी खण्ड, झापा

२२. दामा खोला पुल, झातारे– मेचीडाँगी खण्ड, झापा

२३. हडिया खोला पुल, झातारे–मेचीडाँगी खण्ड, झापा

२४. गंगटे खोला पुल, झातारे–मेचीडाँगी खण्ड, झापा

२५. खार खोला पुल, झातारे–मेचीडाँगी खण्ड, झापा

२६. तेली खोला पुल, मोरङ

२७. रतुवा खोला पुल, झापा/इलाम

२८. बुकुवा खोला पुल, झापा/इलाम

२९. विधवा खोला पुल, इलाम

३०. चाँजु खोला पुल, इलाम

३१. वागद्वार खोला पुल, इलाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?