
१७ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति बनाएको छ । मंगलबार सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको छ ।
विप्लव समूह स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सरकारले समिति बनाएपछि हाम्रोतर्फबाट पनि समिति बन्छ ।’ सम्भवतः समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा समिति बन्ने स्रोतले अनलाइनखबरलाई बतायो ।
यसअघि पार्टी महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यसपछि सरकारले वार्ता समिति बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक समूहसँग वार्ता गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।
थप
विप्लवको दुई वाक्यको विज्ञप्तिले सरकार अल्मलियो
संशयका बीच सरकार-विप्लव समूह संवादको प्रयास
नख्खु जेलमा मन्त्री र विप्लव नेताबीच के कुराकानी भयो ?
विप्लवका नेताका हैरानीः ९ महिनामा १३ जिल्ला फनफनी
प्रतिबन्धपछिको विप्लव समूहः चन्दा असुलीमा केन्द्रित, हिंसातर्फ उन्मुख
विप्लव समूह व्यक्तिहत्याको बाटोमा लागेको हो ?
विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?
सिंहदरबारबाट विप्लवलाई हेर्ने बेग्लाबेग्लै नजर !
प्रतिक्रिया 4