+
+
Shares

विप्लव समूहले प्रकाण्डको नेतृत्वमा वार्ता टोली बनायो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते १५:१४

१८ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । टोलीमा उदय चलाउने ‘दीपक’ सदस्य छन् ।

सरकारले समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन गरेको सार्वजनिक भएकै दिन भूमिगत पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर आफूहरुको तर्फबाट पनि समिति बनेको जनाएका हुन् ।

सरकारले बनाएको समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् । सञ्चारमन्त्री पार्वत गुरुङले समूहमाथिको प्रतिबन्ध पनि चाँडै फुकुवा हुने बताएका छन् । समूह हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै २८ फागुन २०७५ मा सरकारले प्रतिबन्ध लगाएको थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुट आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग वार्ताको प्रयास थालेका थिए । यसअघि पनि सरकारले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा भूमिगत समूहहरुसँग वार्ता गर्ने भन्दै समिति बनाएको थियो । तर, विप्लव समूहसँग स्पष्ट संवाद हुनसकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?